लघुकथा : चिया गफ

लघुकथा : चिया गफ
अमित राई

------
" यो देशका नेताहरुमा जनताको हितको कार्य गरुँ भन्ने सोच नै छैन जस्तो छ। खाली भ्रस्टाचार, घुसपैठ मात्रै गर्छन् । सिस्टम नै छैन के हाम्रो देशमा!!" चिया पसलमा बसेर म र साथी चिया खाँदै गर्दा साथिले पत्रीकामा समाचार हेर्दै नेताहरुप्रती आक्रोश पोख्यो। यो कोरोना जाँच्ने सामान नक्कली परेको समाचार जस्तो लाग्यो मलाई त । म यता चिया खानमा मग्न थिएँ ।
" हैन साथी, हामी पनि उस्तै छौँ नि त ! त्यस्तै मान्छेलाई चुनेर पठाउँछौं । उम्मेदवारको मिठा मिठा गफमा भुलेर,त्यसलाई नै भोट दिन्छौँ । बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल नि बिक्दैन भन्दै जो बढि बोल्छ उसलाई चुनेपछि यस्तै हो साथी।" मैले नि चियाको चुस्की लगाउँदै उसको जवाफ दिएँ ।
पत्रीकाबाट आँखा हटाउँदै मतिर फर्केर उनले भने " हो नि साथी , यिनीहरुले धेरै बोलेर पिठो बिकाए अनि जनतालाई पिठो नै खुवाउदैछन अनि असली चामल चाहीँ आफू खान्छन् , हामीले असली चामल बेच्नेलाई बोल्न सकेन भनेर वास्तै नगरेको जस्तो पो लाग्न थाल्यो अब त जो कम बोल्छ उसले गरेर देखाउँछ नि अमित जि, हैन र??"
मैले पनि हो म हो थप्दै, हो नि, तर सबै मान्छे एउटै हुदैनन् । हामिले मान्छे चिनेर ईमानदार र योग्य ब्यक्तिलाई अर्को पटकबाट जिताउनुपर्छ। तर एउटा कुरा चाहिँ हो है, जो कम बोल्छ, उसले गरेर देखाउँछ। होला, उसङ्ग भएको चामल नबिक्ला तर जति बिकाउँछ, असली बिकाउँछ।"
गफै गफमा चिया सकेको पत्तै पाइएन। जिउ तनक्क तन्काउदै पैसा तिरेर फेरि भेट्ने बाचाका साथ छुट्टिदै थियौँ पसलेको आवाज आयो - अहिले चिया गफ, चुनाव आउँदा नेताले दिएको रक्सी र मासु गफ हुने होलानी फेरि !
***

Comments

  1. एकदम राम्रो कामको सुरुवात गर्नु भएको छ। मेरो मित्र अमित राई लाई धेरै धेरै शुभकामना छ।तपाईंको नयाँ नयाँ सिर्जना पढ्न पाउँ ।
    उही तपाईको मित्र दिनेश अधिकारी, काठमाडौं नेपाल।
    २३ चैत २०७६, शुभम्।

    ReplyDelete
  2. धन्यवाद साथी

    ReplyDelete

Post a Comment

Popular posts from this blog

How international conflicts affects on Nepalese economy: A short review

Remittance? Meaning and it's Role on Nepalese economy