लघुकथा: समय

लघुकथा: समय
अमित राई
"आमा, तपाइलाइ यस्तो गारो हुँदै र छ, पहिला किन नभन्नु भाको?" माने ले आफ्नो आमाको हात सुम्सुमाउदै सोध्छ। "तिमि जहिले काम काम भनेर अफिसमै हुन्छौ, कहिलै फुर्सद पाउदैनौ, म बुढी भाको आमालाइ, अब उमेर ले नि डाडो काट्न ला छ, सबै जिउ नै काम्न थालेको छ बाबू।"
आमालाई तातो पानी तताउदै एकाएक सोच्न थाल्छ, सानो छदा सधै आफ्नै आखा अगडी राख्ने, एकछिन पनि देखेन भने कहाँ गयो, के भयो होला भनेर अत्तिने आमाको मन आज छोरा उमेर भएर समय ले टाढा बानाको छ। आमालाइ कति गारो हुदो हो तर पनि आफ्नै मनभित्र छोराको हितको लागि आफ्नो सबै पीडा लुकाउदै जिन्दगी बिताइरहेछ।
आगो त निभिसकेछ, फेरि दाउरा जोड्दै फुक्न खोज्छ, अलि अलि मात्र बकि भयेछ, पानी उम्लेउ उम्लेन, पत्तै पाएन मानेले, तै पनि मन तातो चै भएछ।
सरकारले गरेको देश तालाबन्दीको कारण जसो तसो उ गाउँ आएको छ। सहरमा एउटा अफिसमा काम गर्ने उ आज आफ्नो पारिवरको माझ रहदा कस्लाइ के के भाको छ, सन्चो बिसन्चो सबै थाहा पाउन मन छ उसलाई । विशेष गरि आफ्नो आमाको बारेमा धेरै बुझ्न चाहान्छ। सहरमा बस्दा धेरै फुर्सद नहुने साथै मोबाइल को नेट्वोर्क राम्रोसँग नटिप्ने उस्को गाउ भएकालेे मन खोलेर मन बुझ्नेगरी बोल्न पाउदैन। सुरु सुरुमा सहर खुब राम्रो लाग्थेउ उस्लाइ, अचेल त खासै मन पराउनु छोडेको छ उसलाई । खै किन हो? फराकिलो बाटो, ठुला ठुला घरहरुमा साघुरो मन।
जे होस, गाउँ सहर को बासाइले उस्ले धेरै कुरा सिकेको छ। अबको सम्पुर्ण lockdown को समय आफ्नो पारिवारको लागि समर्पित गर्दै आफ्नो भत्किन लागेको घरलाई मर्मत गर्ने योजना बनाउनेतर्फ लाग्छ।
***
बिराटनगर - १०

Comments

Popular posts from this blog

Does internet really killing your time?

Remittance? Meaning and it's Role on Nepalese economy